Latest Movie :
Recent Movies
View As:
Showing posts with label national news. Show all posts
Showing posts with label national news. Show all posts

Today is long day



Rate it :

Nepali Manpower can't go Maleshiya



Rate it :

SLC RESULT 2071

Rate it :

Mourist Mohan Baidhya Wife fail



Rate it :

SLC result is Published




Rate it :

All Student are pass in this SLC Examination 2071



Rate it :

In china Newspaper Himani Shah is Headline



Rate it :

Bhutan, India, Nepal, to return as the model wanted to stay



Rate it :

PM said in Khadi desh all labaour free send from nepal



Rate it :

Mourist party



Rate it :

Nisa also chose the USA, cricketer saradasamgako love the far from eachother ?



Rate it :

All member are cruil for filmy industry , when that make heroien


Rate it :

SLC RESULT IS COMMING SOON



Rate it :

Today Morning 5.2 Magnechude Earthquake in Dolakha

काठमाडौं जेठ, ३० । नेपालमा शनिवार बिहान भूकम्पको परकम्प गएको छ । बिहान ७ बजेर ३ मिनेट जादा दोलखा केन्द्रबिन्दु ५.२ म्याग्नियुच्डको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Rate it :

मोदी अबसर बादी भएको खुलासा ,,गुनका नाममा नेपालमा नुन छर्दै नेपालका मित्र हुन् कि विधाता ? -

भारतका वरिष्ठ पत्रकार शेखर गुप्ताले ट्विट गरे, ‘नेपाललाई सहयोग गरौँ, तर संवेदनशील भएर, उसलाई सम्मान गरेर । नेपाल गरिब होला, तर स्वाभिमानी छ र इतिहासदेखि नै सार्वभौम छ । नेपाल बिहारको विस्तारित भाग होइन ।’

शेखर गुप्ता गत जुनसम्म इन्डियन एक्सप्रेसका प्रधानसम्पादक थिए, रिटायर्ड हुनुअघिसम्म उनी भारतीय मिडियाको इतिहासमा सबैभन्दा धेरै अर्थात् वर्षको १० करोड भारु पारिश्रमिक लिएर काम गर्थे । उनै वरिष्ठ पत्रकारले आफ्नै अग्रज र अनुज पत्रकारहरूको प्रस्तुतिमा के खोट देखे जसले गर्दा उनी लेख्न बाध्य भए, ‘सहायताका नाममा सार्वभौमिकतालाई अपमान नगरौँ ।’
किनकि शेखर गुप्ताको ट्विटअगाडि भारतीय च्यानल जी न्युज भन्दै थियो, ‘नेपालका भूकम्प पर भारतका हमला ।’ नेपालमा भूकम्प आयो, जीवन तहसनहस पार्‍यो । यो विपत्मा हामीलाई भारतजस्ता असल छिमेकीको सद्भाव चाहिएको थियो, सहयोग चाहिएको थियो । सहयोग गर्ने भारतीय मन महान् हो, तर प्राकृतिक विपत्ति भूकम्पमाथि हमला गर्ने भारतीय दम्भ के हो ?
गुजरातमा आएको भूकम्पमाथि हमला गर्न नसक्ने, केदारनाथमा आएको पहिरोलाई पराजित गर्न नसक्ने र जम्मु–कस्मिरमा आएको बाढीलाई सामना गर्न नसक्ने भारतले नेपालको भूकम्पमाथि कसरी हमला गर्न सक्छ ? एउटा जी न्युज हावा होला, त्यति नै वेला भारतको नम्बर वान च्यानल आजतक भन्दै थियो, ‘नेपाल को अपने पैर पर खडा करके वापस होगा भारतीय फौज ।’
भूकम्प आयो, विपत्ति आयो, तर के नेपाल अहिले आफ्नो खुट्टामा उभिएको छैन ? के यसको ठेक्का भारतले लिएको छ ? ठेक्का भारत अथवा अरू कसैले लिएको छ भने के नेपाली स्वाभिमानलाई त्यो स्वीकार्य छ ? भारतीय पत्रकार शेखर गुप्तालाई दु:खी बनाउने यो संवेदनशील प्रश्नले नेपाली मनलाई कसरी खुसी पार्न सक्छ ?
भारतीय टेलिभिजन च्यानलको के कुरा गर्नु ? उनीहरू कहिले समाचार दिन्छन्, ‘पाण्डवहरूसँगै हिमालय गएको गाई जिउँदै भेटियो, गाईले १० लिटर दूध दिन्छ ।’ उनीहरू कहिले भन्छन्, ‘अन्तरिक्षबाट आएको एलिएनले मान्छे लगेर गयो, एक महिनापछि फर्किएको मान्छे रिक्साचालक बन्यो ।’
पाण्डवको पालाको गाईले हजार लिटर होइन १० लिटर दूध दिन्छ, एक महिना अन्तरिक्षमा प्रशिक्षण लिएर आएको मान्छे पाइलट होइन, रिक्साचालक बन्छ भनेर समाचार बेच्नेहरू हजारौँ मान्छे मारिएको, लाखौँ मान्छे घरबारविहीन भएको ठाउँमा आएपछि के सन्देश दिन्छन् ? स्वाभाविक रूपमा तिनीहरूले ब्रेकिङ न्युज दिए, ‘एक घन्टाके बाद काठमाडौंमे ११ रेक्टर स्केलका भूकम्प आनेका अनुमान ।’ सात दशमलब आठ रेक्टर स्केलको भूकम्पले नै सर्वस्व गुमाएका पीडितलाई यस्तो समाचारले राहत दियो कि आहत दियो ? तर, तिनले पीडितको संवेदनशीलता बुझेनन्, त्रसितलाई आतंकित बनाएर घरबाट सकडमा र सडकबाट खेतमा लखेटिरहे । मोदीलाई आफ्नो मिडियाको यस्तो स्वभाव अवश्य थाहा छ । तर, उनले त्यति ज्याद्रो मिडियालाई नेपाल पठाए जसले यहाँको घाउमा गुन लगाउने नाममा नुन छर्किएको छ ।
भारतीय मिडियाले अतिरञ्जित नगरेको भए भारतको वास्तविक सहयोग हाम्रो लागि अमूल्य छ । हामी साँच्चै विपत्तिमा छौं, हामीलाई सहयोग चाहिएको छ, तर भारतीय मिडियाले भनेजस्तै नेपाललाई आफ्नो खुट्टामा उभिन लायक बनाएर मात्र फर्कने कसम खाएको हो भने भारतीय टोली कत्रो छ ? दश हजारको, पाँच हजारको अथवा एक हजारको ? अनुमान अनेक लाग्न सक्छन्, तर वास्तविकता हो जम्मा एक सय ८० जनाको । अहिले नेपाली सेनाको ६५ हजार १६, नेपाल प्रहरीको ३७ हजार चार सय र सशस्त्र प्रहरीको १६ हजार पाँच सयको फौज उद्धारमा खटिएको छ ।
सवा लाखको नेपाली फौज ज्यानको बाजी लगाएर आफ्ना दाजुभाइ तथा दिदीबहिनीको उद्धारमा खटिएको छ, त्यो प्रयास पनि अपूरो छ भने एक सय ८० जनाले सिंगो नेपाललाई कसरी आफ्नो खुट्टामा उभिने बनाउने हुन्, यो काम कुन जुगमा सम्पन्न हुने हो ? अनि नेपाललाई आफ्नो खुट्टामा उभिने बनाउने कुन जुगको ऋण खाएका छन् मोदीले ? ऋण खाएका छैनन् भने मित्रको रूपमा व्यवहार गरेर सन्तोष किन लिन सक्दैनन् उनी ? उनी नेपालका मित्र हुन् कि विधाता ?
भूकम्प गएको ६ घन्टापछि नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरबार काठमाडौंमा बस्यो, त्यसको तीन घन्टाअघि नै यही विषयमा भारत सरकार मन्त्रिपरिषद्को बैठक सेभेन रेसकोर्स रोड नयाँदिल्लीमा बसिसकेको थियो कमजोर नै सही, नेपाल सरकार एउटा सार्वभौम सरकार हो, उसले सहयोगको अनुरोध नगर्दै अर्को देशले सहायता घोषणा कसरी गर्न सक्छ ? प्रचारप्रसारसहित घोषणा नै गर्छ भने पनि जम्मा एक सय ८० जनाको टोली पठाएर आफ्नो वाचा कसरी पूरा गर्न सक्छ ?
एक सय ८० जनालाई उडाउन एउटा जहाज पर्याप्त छ भने थप २५ वटा जंगी जहाज कसरी उडाउन सक्छ ? बाँकी २५ वटा जहाजमा जम्मा १२ सय मात्र कम्बल पठाउन कसरी सक्छ ? १२ सय कम्बल बोकेर आएका हर्कुलस जहाजले तीन हजार भारतीय नागरिक बोकेर फर्किए, के तीन हजार भारतीय नागरिकलाई फर्काएर भारतले नेपालमाथि गुन लगाएको दाबी गर्न सक्छ ? नेपालको समस्या तीन हजार भारतीय नागरिकलाई कहाँ तह लगाउने भन्ने हो कि भूकम्पप्रभावित ८० लाख नेपालीलाई कसरी राहत दिने भन्ने ?
आफ्ना नागरिकलाई फिर्ता लग्न हरेक घन्टा जहाज पठाएर मोदीले नेपाली जनतालाई के गुन लगाए ? तैपनि बसपार्क र एयरपोर्टमा नेपाल सरकार मुर्दावाद, मोदी सरकार जिन्दावादको नारा लाग्यो । नेपाल सरकारप्रति जनताको असन्तुष्टि होला, तर मोदी सरकार जिन्दावाद भन्ने को थिए ? नेपालमा मोदीको जयकार भनेर भारतीय टेलिभिजनबाट किन प्रसारण भयो ? नेपाली जनताको उद्धारका नाममा ल्याइएका जहाजमा आएका भारतीय टेलिभिजन पत्रकारले पीडितको आवाज होइन, मोदीको जयकार प्रसारण गराउनुको उद्देश्य के थियो ?
यसको जवाफ मोदीले अहिले नदिए पनि होला, तर कुनै दिन अमेरिकाजस्ता देशले अपमान गर्दा मोदीका मनमा पनि यस्तै प्रश्न अवश्य उठ्नेछ । भारतलाई विगतमा यस्तो धेरै परेको छ, कामना गरौँ, भविष्यमा नपरोस्
Rate it :

पशुपतिनाथ मन्दिर पनि आफ्नै भएको भारतको दाबी (एबीपी न्यूजको समाचार सहित)

विभिन्न समयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै आएको भारतले पशुपतिनाथ मन्दिर पनि आफ्नो भएको दावी गरेको छ।

काठमाडौं, १७ वैशाख - विभिन्न समयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै आएको भारतले पशुपतिनाथ मन्दिर पनि आफ्नो भएको दावी गरेको छ।

भूकम्पले नेपालको आँशु झरेका बेला भारतले पशुपतिनाथलाई एबीपी न्यूजले लेखेको समाचारमा आफ्नो सम्पत्ति भनेर दाबी गरेको हो। भारतले पशुपतिनाथ भारत र नेपालको साझा सम्पत्ति हो’ भनेर दाबी गरेको हो। उसले नेपाल र भारतको साझा सम्पत्ति भएकाले भूकम्पले हल्लाउन नसकेको टिप्पणी गरेको छ।

भारतीय सञ्चारमाध्यमले सयौं वर्ष पूराना भारतीय बास्तुशास्त्रले मन्दिर निर्माण भएको दाबी गर्दै भारतीय बास्तुशास्त्रका कारणले पनि मन्दिर सकुशल रहेको टिप्पणी गरेका छन् । उनीहरुको टिप्पणी अनुसार पशुपतिनाथ ‘भारतले नै बनाइदिएको’ भन्न खोजिएको छ । केही समय अघि मात्रै मलेसियामा भएको क्रिकेट खेलमा शक्ति गौचनलाई भारतमा जन्मिएको भनेर भारतीय सञ्चारमाध्यमले प्रचारवाजी गरेका थिए ।

नेपालका हरेक सफलताको जस भारतले लिने गरेको छ। पशुपति पनि ठूलो भूकम्पबाट क्षति नभएपछि त्यसको जस पनि भारतले नै लिन खोजेको छ। केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मनी पुगेर बुद्ध जन्मिएको शान्तिको देश भारत हो भनेर सुरक्षा परिषद्को सदस्य बन्न पाउनुपर्ने माग गरेका थिए ।

यसले के बुझिन्छ भने भारत नेपाललाई हरेक सफल फाइदाजनक कुराबाट बञ्चित गराउन चाहन्छ । नेपालमा भएका सम्पदा र अन्य विषयबाट आफू फाइदा लिन चाहन्छ । भारतले सार्वजनिक रुपमा नेपालका सम्पदामा हस्तक्षेप गर्दा समेत नेपाल सरकारले अहिलेसम्म मुख खोलेको छैन्।

अहिले भारतीय सञ्चारमाध्यमले मात्रै पशुपति आफ्नो भनेर दाबी गरेका छन् । विस्तारै भारतीय प्रधानमन्त्री मोदीले समेत यो कुरा भन्न बेर लगाउने छैनन् । जहाँ पशुपतिलाई भारतको सम्पदा भन्न खोजिएको छ। यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोपको जर्मनी पुगेर ‘बुद्ध जन्मिएको देश भारत हो’ भनेका थिए ।

Rate it :

प्रचण्डले स्वीस बैंकमा तीन अर्ब राखेको रहस्य खुल्यो..



बितेको कुनै समय हेटौंडा सिमेन्ट उद्योगमा केमिकल र बोरा सप्लाई गर्ने कवाडी ठेकेदार अजय पराजुली उर्फ सुमार्गीले केही वर्ष यता अनौठो धन्दाबाट थोपरेको तीन अर्व भन्दा बढी रकम स्वीस बैंकमा जम्मा गरेको रहस्य खुलेको छ ।


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका व्यापारीक साझेदार भनी परिचित सुमार्गीले भारतीय बैंकहरूमा राखेको अवैध रकम असुरक्षित बन्न थालेपछि तीन महिना अघि उक्त रकम समेत स्वीस बैंकमा सारेको स्रोतको दावी छ ।

माओवादी पार्टीले जनयुद्धकालमा लुटेको रकम र लडाकुको नाममा उठाएको रकम समेत दाहालले सुमार्गीलाई दिएर धमाधम स्वीस बैंकमा जम्मा गरिरहेका हुन् । त्यस्तै, गत अप्रिल २०१२ मा एनसेल र सुमार्गीको नेपाल स्याटेलाईट कम्पनीबीचको कारोबार अनुसार सुमार्गीले कमाएको तीन अर्व रकम मध्येको केही हिस्सा पनि सुमार्गीले स्वीस बैंकमा पठाएको एनसेलमा चर्चा छ ।

स्टाटेलाइटमा सुमार्गीको २५ प्रतिशत मात्र शेयर छ भने बाँकी सम्पूर्ण शेयर एनसेलको मुख्य लगानीकर्ता टेलियासोनेराको एशिया होल्डिङको नाममा छ । एनसेलले क्रस होल्डिङ गरी एउटै स्थान कृष्ण टावरबाट दुईवटा कम्पनी चलाईरहेको बारेमा नेपाल दुरसञ्चार प्राधिकरणले पत्र काटेर छानविन गरे पनि एमाओवादी अध्यक्ष दाहालको दबाबमा अनुसन्धान नै रोकिएको प्राधिकरणका एक निर्देशकले बताए ।

सुमार्गीले स्याटेलाईटको शेयर बेच्दा पेश गरेको डकुमेन्ट९फाइल० समेत प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयबाट एकाएक गायव बनाइएको छ । सुमार्गी विरुद्ध अवैध र अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागमा उजुरी परेपछि शेयर सम्बन्धि सम्पूर्ण विवरणहरू हटाउन सुमार्गी सफल भएको ती निर्देशकले बताए ।

प्राधिकरणका केही कर्मचारीलाई भने सुमार्गीले एवीसी टेलिभिजन र नयाँ पत्रिकामा समाचार छपाइ दिने धम्की दिएर गोप्य कागजात नै मेटाउन सफल भएको स्रोतको दावी छ । नेपाल टेलिकमलाई तहस नहस हुने गरी गैर आवासीय नेपाली उपेन्द्र महतो, सुमार्गी र दाहालको डिजाइनमा फ्रिक्वेन्सी होल्ड गरेर स्याटेलाईटले हेलो नेपाल ब्राण्डमा मोवाइलको लाइसेन्स लिएको थियो ।

आगामी २०७१ मा नविकरण शुल्कवापत प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्व रकम नतिर्नका लागि विदेशी टेलिकम माफिया, अध्यक्ष दाहाल र सुमार्गीको डिजाइनमा स्याटेलाईटको ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरिएको हो ।

सुमार्गीले कौडीको भाउमा स्याटेलाईटका नाममा लाइसेन्स लिएर तीन अर्वमा ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरेका हुन् । राष्ट्रघाती यो खेल सफल भएका कारण एनसेलले जनतालाई झुक्याउने अफर ल्याएर सर्वसाधरण नागरिकलाई जति लुटे पनि कुनै पनि निकायले कारबाही गर्न सकेका छैनन् ।

via: http://www.hamrosandesh.com/2014/09/15109.html
Rate it :

Drone captured the view over Kathmandu after the disaster

The death toll from Nepal’s earthquake rose to more than 4,000 on Tuesday, four days after the massive quake. Watch this drone video that shows the expansive city of Kathmandu and the damage from the quake
Rate it :

Dharahara falling down


Rate it :

१९९० सालको भूकम्प गएको ४ बर्ष पछि जुद्धशमशेरले राष्ट्रको नाममा गरेको सम्वोधन

भाइभारदार प्रजावर्ग, ९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो । त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो । परिआएको दुःख धैर्यबलले सम्हाली हुन सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका मानिसलाई खनी खोस्री झिक्ने, बचाउने, घाइतेहरूलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय र निर्वस्त्र भई अलपत्र परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाउँ नपाई रहेकालाई
पाल्न छाप्रो टहरो बाँस रबर टिन पाता इत्यादि पुर्याई दिने, पुरिएका धनमाल उकासी भत्केका घरको मानमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको हारगुहार सहायता इत्यादि जेजे काम भएको थियो सबैलाई थाहै छ ।. भताभुङ्ग लथालिङ्ग भएका घरवास फेरि खडा गरी सबैले चाँडो विश्राम गर्न पाऊन् भन्ना निमित्त यहाँ चार भञ्ज्याङभित्र र पहाड मधेसको समेत जंगल खोलिदिइ दुनियाका निमित्त लखन रुपैयाको काठपात बेदाममा छोडियो । ठाउँठाउँ भट्टा बनाई पोलाएको करोडन इट, गोदाममा मौजाद रहेको, हजारन लकडी, देशबाट झिकाएको टिन पाता किलाकाँटाहरू सरल मोलमा पाउने प्रबन्ध पनि भयो । नेपालमा भएजति कालीगड पनि पहिले दुनियाका निमित्त छोडिए । भत्किई बिग्रिई खण्डहर सरह शून्य उदासलाग्दो भइरहेका सहर गाउँहरूमा ठाउँठाउँ थुप्रिरहेको र सडकको र दुनियाका नासिएका घरको माटोसमेत भर्ती कुल्ली राखी फ्याँक्न लगाइयो । . फण्ड खोली दिनहीन दुःखीहरूलाई त्यसबाट बक्स पाउने बन्दोवस्त पनि हुन गयो । सानाठूला सबैलाई एकै बाजी त्यस्तो ठूलो भूकम्पको मारबाट उठ्नलाई फण्डबाट मात्र नपुग्ने, थातवासको कुरा हुनाले पर्खिरहन पनि नहुने, दाम नभए सानोतिनो काम पनि टक्कै अड्कने, पुगिसरी आउनेहरूसँग पनि सबैका घरमा नगद महजुद नरहने खोजमेल गरुन् भने अर्कालाई पनि उस्तै परिरहेको, ऋण काढ्नातिर लागून् भने स्वार्थी सुदखोरहरू पहिले त्यस्तो अवस्थामा पत्यारै नगर्ने, पत्याइहाले भने पनि ऋणीलाई संकष्ट परेको मौका छोपी बेढव बढी व्याज घीउ खानी खोज्ने भई दुःखीहरूमाथि दुःख थपिन जान भई धेरैजसोलाई आर्थिक संकट पर्न जानाले शोचनीय अवस्थामा रहिरहनुपर्ने भएको देखिँदा तिनीहरूलाई त्यो संकटबाट उकास्ने महलवसरि बिना व्याजमा चार वर्षको भाखा गरी सापट दिनानिमित्त मोरु पचास लाख रुपैया पर सारियो त्यसमध्ये मोरु २९८२३१.६२ सापटीको रुपमा गयो । . यी सबै प्रम्बन्ध र मद्दतबाट भूकम्पपीडित सबैले उत्साह बढाई थोरै समयमा नै सुविस्तैसँग आफ्नो थातबास तयार गरी जहान बच्चा मालमत्ता थान्को लगाई आनन्दसँग बस्न पाई आफू अरु उद्योगधन्दातिर लाग्न पाए त्यति मात्र होइन, कसैले त साविक दुईतलेको तीनतले, तीन तलेको चारतले पुराना छाँटकाँटको ठाउँमा नयाँ छाँटकाँटको ठूलो र सुविस्ताको घर तयार गरेका छन् । देवालय पाटी पौवाहरू पनि धेरै नै बने यति हुन गएकोले अ‍ैले देख्ने नयाँ मानिसले हेर्दा नेपालमा भूकम्पको मार त्यत्तिको भएको थियो के त भनेजस्तो दृश्य प्रत्यक्षै देखिरहेछ । यतिसंम यति चाडो हुन सक्नु सानो सन्तोषको कुरा होइन । भूकम्पको त्यत्रो मारमा परेको नेपाल आफ्नै बलले फेरि यति चाँडो खडा भयो भन्ने कुरा छापामा छापिएको तिमीहरू सबैले देखे सुनेकै होलाऊ । . कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कट्ट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन् । ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु । त्यो दैवी दुर्घटनामा भत्केका घर पर्खालले मिची अकाल मृत्यु भएकाहरूको आत्माको शान्ति र उद्धारको खातिर आफूले महाकाली किनारामा गरेको सहस्र गोदानको पुण्य अर्पण र सप्ताह लगाउने काम पनि भयो । शास्त्रानुसार तिनीहरूको अवश्य उद्धार हुन गई तिन्को परत्र सुध्रन गएको हुनुपर्दछ दुर्गतिको लक्षण पनि केही कतै देखिदैन सुनिदैन । . आफ्ना इच्छाले श्रद्धा गरी अर्पण गर्न ल्याएको द्रव्य यस काममा उठेको फण्डमा राखिदिने बन्दोबस्त भएकोले कुल जम्मा मोरु १०७४६१३.७९ नोटकंरु २७३३१।।.।।३ आएको हो त्यसमध्ये नानी नानी कमान्डर इनचीफ जनरल पद्मशंशेर जंग–राणा र नानी फ.क.ज. मोहनसंशेर जंग राणा प्रवृत्ति ६ जना (फ.क.ज. बबरसंशेर, द.क.ज. केसरसंशेर, ज. सिंहसंशेर, ज. कृष्णसंशेर, ज. शंकरसंशेर) हाम्रा भतिजाहरूतर्फबाट र सीताभवन महारानी भाउजू औ हामी र हाम्रा बडामहारानीबाट गरी दश लाख चालीस हजार मोरु जम्मा हुन आयो, विदेशमा रहेका नेपाली र नेपालमा रहेका गुरुपुरोहित भारदार दुनियाबाट र नेपालमा रहेका विदेशीहरूबाट गरी मोरु ३४९१३.७९ नोटकंरु ४२९४ चन्दा आएको थियो । स्नेहले विशेष सहानुभूति प्रकट गरी बृटिश जापानी हिन्दुस्थानी सज्जनहरूले पनि नोटकंरु २३०३७।२।।३ पठाएका थिए । सो आएको जम्मै दाम फण्डमा जम्मा हुन गएको छ। यो फण्डबाट यहाँ नेपाल खाल्डाका र पहाडका समेत अकिञ्चन दीनदुःखीहरूलाई जिल्लाजिल्ला गाउँगाउँसम्म डोर पठाई अन्न बस्त्र बाँड्ने, ब्यु मासिएकालाई ब्यु दिने, दुनियादारको भत्केको घर छाप्रो कटेरा बनाउनलाई दाम दिने माटो मिल्काइदिने इत्यादि काममा गरी जम्मा मोरु ५४४४।६८ नोट कंरु ३८४२।।। खर्च भइसकेको छ । . सोबाहेक भूकम्पले भत्केको बिग्रेका देवदेवालय पाटी पौवाहरूको जीर्णोद्धारको खर्च, भूकम्पोद्धारसम्बन्धी काम गर्नालाई नयाँ थप भएका कामदार कारिन्दाहरूको तलब मसलन्द रेलभाडामा भएको खर्च अधी फण्डतर्फबाट भइरहेको थियो तापनि तिमीहरूलाई मद्दत र सुविस्ता होओस् भन्ने मनसायले सो खर्च पनि सरकारतर्फबाटै गर्ने बन्दोबस्त मिलाएकाले अब फण्डपट्टी नोट कंपनीको पनि मोहरै गरी जम्मा मोरु ५६०९५६। बाँकि रहने गराई सापटीवाला तिमी दुनियाहरूलाई पाटीमा सोधभनी गरिदिने बन्दोबस्त गरिएको छ । . प्यारा प्रजा हो यस्तो दैवी चोट हामीलाई मात्र परिआएको होइन, कालचक्रको हेरफेरले अन्तअन्त पनि परेको सुनिएकै छ । त्यस्तो परि आउँदा त्यहाँका वासिन्दाहरूले धैर्यधारण गरी दुःखबाट शिक्षा लिई उद्योगधन्दातिर झन् मन बढाई आफ्नो आँत र मेहनतको जोरले ती अघिभन्दा बलिया भई निस्कने गर्दछन्। यही नेपालमा पनि शक्ति सिंहदेवका पालामा भूकम्पको उत्पात् भएको थियो भन्ने इतिहासको लेख देखिन्छ । त्यत्तिको टाढाको के कुरा सय वर्ष अगाडि १८९० सालमा पनि यस्तै उत्पात्ले धेरै धनजन घर देवालय सहरको नास गरेको रहेछ । .त्यसबेला ती भूकम्पले पछारिएका प्रजाहरू केवल आफ्नै आँट र उद्योगका जोरले फेरि उक्सिएका थिए भन्ने पनि बुझिन आउँछ । यी कुराहरूले सदा सर्वदा उद्योगमा दत्तचित्त भई प्रजा प्राणीहरूले आफ्नो जीवन सुजीवन बनाउँछु र स्वावलम्बी भई आफ्नो देशको उन्नति गर्नु असल मार्ग हो भन्ने देखाइरहेको छ। दैवी विपत् परी हानिनोक्सानी भएमा सो हानिको पूर्तिको लक्ष्य गरी विशेष परिश्रम लगाई उद्योग गर्न्तिर नलागे अघिका परिस्थितिसम्म पुग्न पनि गाह्रो हुने हुन्छ । उद्योगधन्दाको ख्याल सुखमा भन्दा दुःखको अवस्थामा हुने गर्छ । . सांसारिक जीवनमा सँधै सुखको दिन मात्र आइरहँदैन केहीले कस्तै परि आउँदछ, कहिले कस्तै मुलुकमा लडाइँभिडाइको काम परि आयो भने अवस्था अनुसार जस्तो परिआउँदा सो बेहोरी मिठोमसिनोको ख्याल छोडी स्वास्थ्यलाई हानि नगर्ने रुख्खासुख्खा सादा चीज जो पाइन्छ, त्यो पनि आधा पेट खाएर निर्वाह गरी जुन काम गर्नाले आफ्नो मुलुकको परिस्थिति सप्रने र आफ्नो तरफको भलाइ पनि हुने हुन्छ, त्यतैतिर ती मुलुकका प्रजाहरू लाग्ने गर्छन् जस्तो लडाइँ भिँडाइ, उस्तै देशमा परिआएको दैवी दुर्घटना पनि दैवी लडाइँजस्तो हो । अकस्मात् त्यस्तो दैवी परिआएपछि घरबास तयारी गरी जहानबच्चाको थान्को लगाउनामा दत्तचित्त भएझैं तिमीहरूले क्षतिपूर्ति्तिर जाँगर बढाई उद्योगधन्दामा लागी मितव्ययीको बानी बसाली सकेसम्म चाँडो स्वावलम्बी हुने, धन्दामा पनि दत्तचित्त हुने बेला थियो । . अवस्थाअनुसार खस्रोधस्रो लगाई रुख वा सुख्खा खाईकन पनि निर्वाह चलाई, सौखिनी फजुल खर्च घटाई, खेतीवालाले अन्नको उब्जा बढाउने, एक बाली हुनेमा २,३ लगाउने र बढी दाम आउने वस्तु पैदा गर्ने, कपडा बुन्नेले बढी कपडा बुनी तयार गरी सो तयार भएका मालको प्रचार बढाउने, गाइवस्तु पाल्नेले त्यसतर्फको उन्नतिमा लाग्ने, व्यापारीहरूले व्यापार बढाउने, शिल्पकार कालिगडहरूले शिल्प र कालिगडी काम तर्फ विशेष यत्त्र पुर्याउने, यस्तै अरु जजस्को जुनजुन काम छ उसमा हौसला बढाई परिश्रम साथ उद्योगधन्दातिर लागे त्यसबाट बढी आर्जन गरेको धनले आफ्नो निर्वाह चलाई थोडबहुत जो सकिन्छ साँच्दै जन सकिने भई देशमा उद्योग बढे देशको पैसा देशैमा रहने र अरु तरहबाट आफ्नो भलाई साथसार्थ देशको पनि भलाई हुने कुरा जानेबुझेकै होलाऊ, नजान्ने नबुझ्नेले पनि जान्नुबुझ्नु योग्य छ । . यही मितव्यायी हुने स्वावलम्बी हुने तरफ अर्थात् चाहिँदो बाज्जी मात्र खर्च गर्ने र, आफ्नो भरमा आफू उभ्भिन सक्ने सद्रुणतर्फ हाम्रा प्यारा प्रजाको चित्त आकर्षण गर्नखातिर भूकम्पपछि कुनै बेजरुरी देखिएको वस्तु देशदेशान्तरबाट आउनै बन्द गर्ने, कुनै अनावश्यक वस्तुमा भन्सार बढाउने, कुनै आवश्यक वस्तुमा घटाउने गरेको र, उद्योगपरिषद् स्थापन र स्वदेशी चीजको प्रदर्शनी आदिको प्रबन्ध गरी बाटो देखाउने उपाय पनि भएको हो । विचार गर, मुलुकको उन्नति र अवनति त्यहाँका बासिन्दा प्रत्येकको आत्मीक बलको उन्नति र अवनतिसँग सम्बन्ध राख्तछ, उन्नतिको चाहना कस्लाई हुँदैन। देशकाल अवस्था र आफ्नो हविगत इत्यादि कुराको विचारको ठीक तौल पु्र्याई उपातिर लाग्नुपर्छ। टाढासम्म विचारको नजर अगाडि फैलाई, धैर्य र जाँगर दुई हातमा लिई उपाय उद्योगतिर लागेपछि गरेअनुसार अवश्य केही न केही फाइदा नभई रहँदैन । यिनै कुरा मौका परेमा तिमीहरूलाई बराबर सम्झाई बोध गराउने । . कोसिस गर्दै रहेको हुँ मुलुकको बहत्तरी प्रजालाई सुख कसरी हुन सक्ला भन्ने ध्यानमा हामी निरन्तर लागिरहेको तिमीहरूले देखेजानेकै होलाऊ । सो सापट गएको रुपैयाँको म्याद पुगेपछि संस्थाको शोधभर्ना आउनुपर्नेमा कतिले बुझाई पनि सके, बुझाउन बाँकी राख्नेलाई ऐले वर्षा र खेतिपातिको काम पर्न गएकाले कार्तिकसम्मको म्याद पनि फेरि थप गरिएको छ। सो म्यादसम्ममा पनि शोध बुझाउन नल्याएको पक्षमा सो सापटको रुपमा गएको रुपैया लिखतबमोजिम धितो लेखिएको घरबाटै उपर गर्ने कुरा तम्सुकैमा लेखिएको र, आम इस्तिहार समेत भई राखेका हुनाले त्यही घर पक्री लिलाम गर्न केही बाधा थिएन । . त्यसो गर्दा भत्केको घर सबैलाई एकैचोटि तयार गर्नुपरेको पर्खेर विस्तार गर्ने अवसर नभएकोले कालिगढको र अरु ज्यालादारीको महगीले बढी खर्च पर्न गए पनि आफ्नो थातवास चाँडो जोरी बस्नालाई पुरानो आफ्नो सामानसमेत काम लाग्नेजति काममा लगाई ती घरहरूमा तिनीहरूको निजायति धन पनि केही न केही कसेको परेको होला, त्यस्तो घर लिलाम हुन जाँदा तिनीहरूको मन कल्पनातीत कुरा त छँदैछ, लिलाम लिनेले भरसक किफायतैमा हात लाउन खोज्ने भई तिनबाट सुफत मोल नपाइने स्वभावै हुनाले जेनकेन गरी बल्लबल्ल उभ्याएको वासस्थान काम दाममा अर्काको हातमा पर्न जाने भई ती घरवालाहरू फेरि विनास्थानका हुन जाने छाँट देखिन आयो । . कोही कोहीले ता सोही घर साहूलाई भोगबन्धक दिने गरी कर्जा लिई शोध बुझाउन ल्याएका छन् भन्ने पनि सुनिन्छ, धितो लेखिए घर सर्कारैमा भोगबन्धक राखिने गरी भने पनि दुवैथरीलाई पछिसम्मको टन्टा छुट्ने भएन । फेरि प्रजाहरूको बासको सुख पनि तिनीहरूका हातमा हुने भएन। ब्यांकबाट कर्जा मिल्ने प्रबन्ध हुन गएमा पनि ऋणमाथि झन् ब्याज थपिँदै जाने भयो । भाखा पाए तिर्ने थियौं भन्ने यस्तो भनाइ पनि सुनियो । . के चार वर्षको भाखा कम थियो र ? त्यो चार वर्षको ब्याज सयकडा पाँचका दर्ले मात्र दिनुपरेको भए पनि कति तिनुर्पे भइसक्ने थियो, आफैं हिसाप गरी हेर, यी सबै कुरा परिस्थिति र ऋणीहरूको अवस्था विचार गरी हेर्दा सर्कारको हारगुहारबाट तनमनधन लगाई प्रजाहरूले ऐले पाइरहेको विश्रामको सुख सपना जस्तो मात्र हुने भई पहिलो भूकम्पको घाउ परिँदा नपुरिँदा तिनीहरूले फेर दोस्रो दुःखको अवस्थाको अनुभव गर्नुपर्ने होल भन्ने छाँट देखिन लाग्यो । . हेर, सर्कार र दुनियाको सम्बन्ध बाबुछोराको जस्तै हो, त्यति मात्र होइन, शरीरमा साना ठूला हरेक अंगप्रत्यंग बेग्लाबेग्लै रहेको छता पनि ती सबै मिली एक शरीर एक ज्यान बनेको छ। शरीरभर फिजिने ज्ञान शक्तिको मूल कामानी शिरमा रहेको छ। त्यतैबाट शरीरका सारा अवयवहरूको सञ्चालन हुने हुनाले शिरलाई ‘उत्तमांग’ अंगप्रत्यंगमा जो सुखदुःख पर्दछ, त्यो शिरले र शिरमा जे पर्दछ त्यो अंगप्रत्यंगले अनुभव गर्दछ उसमा पनि कुनै अंगमा चोटपटक लाग्न जाँदा त्यसका साथसाथ अरु अंगले पनि केही न केही दुःख अनुभव नगरी रहन्न भन्ने सबै अंगसँग सम्बन्ध राख्ने उत्तमांगमा त झन् विशेष मात्रामा असर पुग्न जान्छ भन्ने स्पष्टै छ जस्तो शरीरको उत्तमांग शिर, उस्तै प्रजाहरूका उत्तमांग सर्कार हुन्। अर्थात् राज्यका अंगप्रत्यंग प्रजाहरू र उत्तमांग सर्कार बनिरहेका छन । ती सबै मिली एक शरीर एकज्यू भएको हुन्छ । सरकारलाई परेको सुख दुःखमा प्रजाले र प्रजालाई परेको सुखदुःखमा सर्कारले सहानुभूति देखाई सहयोग गर्नु स्वाभाविक हुनुपन्र्यै कुरा हो । . सरकारलाई पनि प्रजातर्फको फिकर मात्र होइन कि सरकार्रले खुद बनाउनुपर्ने दर्बार घर अड्डअस्पताल असवावघर धरहरा नया बाटो ठाउँठाउँका पाटी पौवा पुराना शिल्पस्थान देवालय इत्यादि जगैदेखि बनाउनुपर्ने जीर्णोदार कारिन्दाहरूको तलबमसलन्द रेलभाडा बाटा खर्चसमेत गरी सयका लाठी एकको बोझ भने झैं त्यसतर्फ पनि सर्कारलाई बोझ कम परेको छैन, अझ पनि खर्च बराबर हुँदैछ तापनि हार्दिक भावभक्ति राखी सर्कारको कल्याण चिताई आफ्ना परिश्रमको जोरले स्वदेशको कल्याणतिर लागिरहेका पुत्रवत् प्रजामा यी विशेषगरी यस्तै ठूलो दुर्घटना परेमा हार्दिक स्नेहसाथ हुन सकेसम्म हारगुहार गरी रक्षा गर्नु सर्कारको कर्तव्यै हो, सोहीअनुसार त्यो भयानक भूकम्पमा तिमी प्रजाहरूको उद्धार निमित्त सकभर गरी अघि यही ठाउँमा ‘यस अवस्थामा मैले गर्नुपर्ने गरिरहेको छु अब पनि गरी हुनेसम्म गर्नामा बाकी राख्ने छैन’ भनेको तिमीहरूले सम्झीराखेकै होलाऊ । . यी सबै कुराको ख्याल साथसाथै संस्थाका ऋणी प्रजाहरूले सो ऋणको खातिर चिन्ता लिइरहेका छन् भन्ने सुनिए बुझिएको र तिनीहरूले ऋण लिएको दाम अकार्थमा लाएको नभई अघि भनेबमोजिम जुन कामका निमित्त लिएको छ सोही स्ववासी घर वास खडा गर्नेमा लगाएको, सो लगाउँदा भएको खर्चको दाम पनि आफ्नै सहबासी कालिगढ ज्यामी आदि प्रजामा फिजिन गएको समेत सबै कुराको ख्याल राखी यो पटक आफ्ना प्यारा प्रजालाई चिन्ता र संटबाट पार गराउने उद्देश्यले यो भूकम्पोद्धार संस्था तर्फबाट तमसुक गराई सापट गएको २९८२३१६.६२ मध्ये फण्डको जगेराबाट भर्ना हुने मोरु ५६०९५६ कटाई बाँकी मोरु २४२१३६०.६२ जम्मै तिमीहरूको सुखशान्तिको खातिर माफी गरिदिएको छु। . कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन् । ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु । घरघर माटाका चुला भनेजस्तो सानालाई सानै, ठूलालाई ठूलै चोट परेको छ । सुख दुःखको वेदना सबैलाई उही हो । . त्यसौ हुनाले तिनीहरूले चार वर्षको भाखामा सोध बुझाउने कवुल गरी तम्सुक लेखी संस्थाबाट लिएको सापटी सोध भई आइसकेको भए पनि फिर्ता गरिदिने प्रबन्ध हुनेछ। आजसम्म अरु जुन जुन सज्जनहरूले आफ्नै परिश्रमको कमाइले होओस् वा साहु काडेर होस् सोध बुझाउन ल्याएका छन्, तिनलाई पनि यो बुझाएको दाम फिर्ता लिदने बन्दोबस्त हुने छ। पाउने छौं खातिर जामासँग सुखशान्तिपूर्वक विश्रम गरुन । ईश्वरमा धर्ममा र सरकारमा अटल रही उद्योग बढाई सुजीवन गराउँदै रहुन् । . यो भूकम्पोद्धार सम्बन्धी सुरुदेखि आखिरतक हरेक विषयमा आडरबमोजिमको आफ्ना आफ्ना कामकाममा नानी कम्पाउन्डर इन चीफ पश्चिमतर्फ का कम्पाउन्डिङ जनरल लगायत हाम्रा भाइछोराहरूबाट र नायव बडागुरुज्यू भाइभारदार अफिसर कर्मचारीबाट औ स्वयंसेवकहरूबाट पनि परिश्रम र तन्देही साथ काम भई चांडो सन्तोष मिल्ने बाटो बन्न गएकाले पल्टनीय जवानहरू र पुलिहरूलाई एक लाख इनाम र विशेष काम गर्नेहरूलाई धन्यवाद नेकीपत्र मानपत्र तक्माहरू समेत अघो बाँडी कृतज्ञता पनि प्रकट गरिसकिएकै छ। ती राम्रो काम गर्नेहरूलाई समाप्तिको यो अवसरमा पनि फेरि धन्यवाद गर्दछु । (तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले १९९० सालमा गएको भूकम्पपछि देशवासीका नाममा गरेको सम्बोधन)
Rate it :
 
Powered by Blogger.
TOP
Copyright © 2014. All Nepali News - All Rights Reserved
Template Created by ThemeXpose